तस्कर र प्रहरीबीच झडप, तीन प्रहरी घाइते

बारा | पुस ३०, २०७९

तस्कर र प्रहरीबीच झडप, तीन प्रहरी घाइते फाइल तस्बिर

बारा:  तस्कर र प्रहरीबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकसहित दुई प्रहरी घाइते भएका छन् । सीमा प्रहरी चौकी छतवाबाट खटेका प्रहरी गस्ती टोलीले विश्रामपुर गाउँपालिका १ कल्याणपुर बोर्डर नजिकै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको समान चेकजाँच गर्ने क्रममा शुक्रबार साँझ तस्करसँग सामान्य विवाद भएको थियो ।


विवाद पछि सोही ठाउँका ३६ वर्षीय मनोहर पटेल, धर्मेन्द्र पटेललगायतका स्थानीले प्रहरी सहायक निरीक्षक बिकरु मण्डल र प्रहरी हवलदार उमेश पण्डितलाई कुटपिट गर्दा उहाँहरू घाइते हुनुभएको बारा प्रहरीले जनाएका छन् ।


घाइते प्रहरीको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।


सो घटनापछि इलाका प्रहरी कार्यालय, प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट आएका थप प्रहरी टोलीले कुटपिट गर्ने मनोहर पटेल र धर्मेन्द्र पटेललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा ल्याइएको तथा घटनामा संलग्न रहेका अन्य सहयोगीहरूको खोज तलास भइरहेको बारा प्रहरीले जनाएको छ ।


यसैगरी, प्रहरी चौकी कचोर्बाका प्रहरीमाथि भारतीय तस्करहरूले हातपात गरेका छन् । सिम्रौनगढ नगरपालिका ११ पिठुवास्थित बोर्डर नजिकै ड्युटीमा खटेका प्रहरीले पुस २७ गते साँझ ५ बजे भारतबाट भन्सार छलीगरी नेपालतर्फ ल्याउँदै गरेको समान चेकजाच गर्ने क्रममा सामान्य विवाद भएको थियो ।


सो घटनामा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वीचम्पारण पुर्णहिया निवासी ४५ वर्षीय सन्दीप यादव र रौतहट जिल्ला बौद्धीमाई नगरपालिका ७ बस्ने ३३ वर्षीय कासिम देवानले समान तस्करी गर्ने नम्बर नखुलेका एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । साथै घटनामा संलग्न रहेकाको खोजतालस जारी रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्